images
images
images

मुग्लिन–पोखरा खण्ड विस्तारको काम तीव्र, एक महिनासम्मको आंशिक अवरोध हट्यो

images

पूर्वाधार वाच, डुम्रे ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ ।

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो ।

विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो । राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो ।

यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिक रूपमा बन्द गरिएकामा आजदेखि सहज रुपमा सवारी साधन सञ्चालन हुने भएको हो ।

उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्म बन्द गरी काम गर्ने गरिएकामा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

निर्माणको काम भने जारी रहेकाले आंशिक रूपमा करिब १५ मिनेटसम्म अवरोध हुन सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्