पूर्वाधार वाच, काठमाडौं ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्