images
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यता, आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्