पूर्वाधार वाच, काडमाडौं ।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
साथै, यसले १ बराबर १ शेयर अनुपातमा हकप्रद शेयर पनि जारी गर्ने निर्णय गरेको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्