images
images
images

विद्युत प्राधिकरणका पूर्वसहायक प्रबन्धक उप्रेती पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको एसपी सुधिरराज शाहीले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

सर्वोच्चले मंसिर १२ गते उनलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।

सजाय बेरूजु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी डिल्लीबजार कारागार चलान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्