images
images
images

कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: शहरी विकासमन्त्री सिंह

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गर्नुपर्ने बताएका छन् ।

नगर विकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशालामा देशभरका महानगरपालिका, उपमहानगर र नगरपालिकाका प्रमुखहरू सहभागी थिए ।

उक्त क्रममा सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाहरूको भौतिक पूर्वाधार विकासमा कस्तो कार्यक्रम उपयुक्त हुन्छ भन्ने विषयमा पनि कार्यशाला उपयोगी हुने बताए ।

संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबिच सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो । सहरीकरणका लागि अहिले देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै अहिले सरकारको प्राथमिकतामा रहेको बताए ।

कार्यशालामा नगर प्रमुखहरूले अहिले भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्