images
images
images

नेसनल क्यापिटल अनर अवार्डको नवौं संस्करण हुँदै

images

पूर्वाधार वाच, काठमाडौं ।

विभिन्न क्षेत्रमा सक्रिय रहेर सृजनशील कार्यमा लागेका एवं समाजलाई योगदान पुर्‍याएका विभिन्न विधाका व्यक्तिहरूलाई नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ।

क्यापिटल इन्टरटेन्मेन्ट, मिडिया इन्टरनेसनल, बिजनेस स्टुडियोलगायतका संघ संस्थाको संयुक्त आयोजनामा उक्त अवार्ड आयोजना गरिने जनाइएको छ। विगत ९ वर्षदेखि सञ्चालन हुँदै आएको अवार्डको यो नवौं संस्करण हो ।

२९ चैत काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी नवौं नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने छ । यसअन्तर्गत नेपाली चलचित्र, आधुनिक गीत, लोकगीत संगीत, पप गीत, लोक दोहोरी, र्‍याप गीतको विधा, मनोरञ्जन क्षेत्रभित्रका विधाभित्र हुने छन्।

यस्तैगरी बहुसांगिक, बहुसांस्कृतिक र बहुभाषिक क्षेत्रका साहित्यकार, संगीतकार तथा विभिन्न कलाकारहरुलाई पनि यस अवार्डमा सहभागी गराइनेछ। यसका अतिरिक्त युवा उद्यमी, कृषि उद्यमी, निर्माण, उपकरण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, वैदेशिक रोजगार, मेसिनरी, उत्पादन तथा खेलकुद, राष्ट्रसेवक तथा समाजसेवाको विधामा उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तिहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएको छ ।

कार्यक्रम संयोजक माधव निर्दोषका अनुसार, यस वर्षदेखि उदीयमान मल्टिमिडिया जर्नालिजम अवार्ड थपिएको छ, जसबाट एक पत्रकारलाई सम्मानसमेत गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्