पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड ‘आरपीजीसीएल’को प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन्।
नेपाल विद्युत प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको सो कम्पनीमा उनी ४ वर्षको कार्यकालका लागि नियुक्त भएका हुन्
सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट इञ्जिनियर सागर श्रेष्ठ छानिएका हुन् ।
श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी व्यक्ति हुन्।
करिब ११० अर्ब रुपैयाँ बराबरको ११ वटा परियोजनाहरूको पोर्टफोलियो रहेको ग्रिड कम्पनीले नेपालको विद्युत प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउन काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्