पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिनएका छन् ।
आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त भएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन् ।
उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराए ।
यसअघि उनी ललितपुरस्थित जनकपुर इञ्जिनीयर कलेजको प्रिन्सिपल थिए । उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्