images
images
images

अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या

images

पूर्वाधार वाच, रौतहट ।

इलाका प्रशासन कार्यालय गरुडामा अधिकृत स्तरको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अधिकृत स्तरको कर्मचारीको पदस्थापन नगरेको कारण इलाका प्रशासन कार्यालय गरुडा अहिले नायव सुब्बाको भरमा संचालन हुँदै आएको हो ।

२०८० सालको फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडाका प्रमुखको जिम्मेबारी तोकिएको थियो । तर तीन महिनामा नै सरुवा भएर जिल्ला प्रशासन कार्यालय गौरमा गएपछि नायव सुब्बालाई नै निमित्तको जिम्मेवारी दिइएको छ ।

२०७६ साल देखि हालसम्म निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा नासु रामस्वार्थ राय यादव रहेका छन । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले प्रशासनिक निकायमा अधिकृत स्तरको कर्मचारी नहुँदा सेवा प्रवाहमा असहजता र सेवाग्राहीलाई सास्ती हुने बताए ।

उनका अनुसार कार्यालय प्रमुख नहुदा प्रत्यक्ष असर नागरिक देखि व्यापार व्यवसाय, कलकारखाना, वित्तिय संस्थाहरुलाई परेको छ ।

२०७३ सालमा स्थापन भएको ईलाका प्रशासन कार्यालय गरुडाले गरुडा नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ८, माधव नारायण नगरपालिकाको ९ वटै वडा तथा गढिमाई नगरपालिकाको ९ वटै वडाका नागरिकको सेवा प्रवाह गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्