images
images
images

बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

images

पूर्वाधारा वाच, काठमाडौं।

थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ । जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

यो पहिलो हस्ताक्षर समारोह हो, जहाँ नेपालका पराराष्ट्र मन्त्री आरजु राणाले हस्ताक्षर गरेकी छिन् ।  उनले नेपालको तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।

नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन भने  लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्