images
images
images

प्रमुख शहरमा वायुप्रदूषण खतराको तह नजिक

images

पूर्वाधार वाच, काममाडौं ।

काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुप्रदूषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरण भनेको छ,‘सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिनुहोला ।’

अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न पनि अनुरो गरेको छ ।

बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न प्राधिकरणले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्