images
images
images

आईजे ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।

कर्पोरेट मिडिया ग्रुपले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो ।
आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहेका मुलुकको अर्थतन्त्र र समाज सेवामा पु-याएको विशिष्ट योदानबापत श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिए ।

कर्पोरेट मिडियाले १७औँ संस्करणमा उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, इन्स्योरेन्स, सूचना प्रविधि र नवउद्यमीलगायत विभिन्न क्षेत्र समावेश गरी ११ वटा विधामा २४ वटा अवार्ड प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्