images
images
images

पोखरामा नमूना नगर सभा आजदेखि सुरु

images

पूर्वाधार वाच, पोखरा ।

पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ । सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ ।

यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ । ‘समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रमले युवाहरूलाई राजनीतिक साक्षरताको ज्ञान दिने, नीति निर्माण प्रक्रियाको अनुभव गराउने र नगरसभाको नमूना अभ्यास गराउने लक्ष्य राखेको छ ।
नगर सभाको अभ्यासमार्फत युवाहरूले स्थानीय सरकार सञ्चालनको प्रक्रिया बुझ्नेछन् । उनीहरूले आफैंले तयार पारेका नीति तथा सुझावहरू प्रस्तुत गर्ने र नगरको विकासमा योगदान पुर्‍याउने अवसर प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्