images
images
images

भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

images

पूर्वाधार वाच, तनहुँ ।

बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन(पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका(९ का ४० वर्षीय सुकबहादुर गुरुङको मंंगलबार दुर्घटनामा परेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्