images
images
images

सामान्य प्रशासनका सचिवको ह्वाट्सएप ह्याक, मन्त्रालयमा खैलाबैला

images

पूर्वाधार वाच, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ ।

सचिव पन्थको ह्वाट्सएप ह्याक गरी मन्त्रालयका कर्मचारीहरुलाई जथाभावी म्यासेज आउने थालेको भन्दै मन्त्रालयमा खैलाबैला मच्चिएको छ । मन्त्रालयले आइतबार एक सूचनामार्फत् सचिव पन्थको ह्वाट्सएप ह्याक भएको पुष्टि गरेको हो ।

मन्त्रालयकोे सूचनाअनुसार सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास गरेको उल्लेख छ ।

मन्त्रालयका सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको पदको बदनाम तथा दुरुपयोग गरी ठगी गर्ने प्रयास भइरहेकाले सोसम्बन्धमा सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्