पूर्वाधार वाच, जनकपुर ।
मधेश प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक विदा दिने भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेश प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धी प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेशमा प्रत्येक वर्ष बैशाख २ गत्ते धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडासँग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्