images
images
images
images

समग्र रोजगार श्रृंखलामा काम गर्ने श्रम मन्त्रीको प्रतिबद्धता

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपालको श्रम बजारको विकास र विस्तारमा समग्र रोजगार श्रृङ्खलामा गुणात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नव वर्ष २०८२ को शुभकामना सन्देश जारी गरेका छन्।

images

मन्त्री भण्डारीले गत फागुनमा सम्पन्न श्रम तथा रोजगार सम्मेलन, २०८१ को घोषणा लगायत आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’को रणनीतिक कार्य योजनालाई थप प्रभावकारी र नतिजामूलक तवरबाट कार्यान्वयन गरिने समेत दाबी गरेका छन्।

नेपालको श्रम तथा रोजगार सेवामा रूपान्तरकारी कार्यहरूको सुरुवात गर्ने घोषणा गर्दै मन्त्री भण्डारीको सन्देशमा आगामी दश वर्ष भित्रै बाध्यकारी तवरले नेपाली वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

त्यसै गरी, नयाँ वर्ष २०८२ देखि नै आर्थिक विकासमा योगदान गर्ने, सेवा प्रवाहमा सुधार गर्ने लगायत रोजगारयोग्य वातावरण सिर्जना गर्न मन्त्रालयले जिम्मेवारीपूर्वक कार्य गर्ने योजना श्रम मन्त्री भण्डारीको शुभकामना सन्देशमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्