images
images
images

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

images

पूर्वाधार वाच, नवलपरासी ।

पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ ।

शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए ।

क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए । श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् ।

केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् । बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्