images
images
images

युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्छ : शहरी विकास मन्त्री सिंह

images

पूर्वाधार वाच,  चितवन ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।

सडक बने लगत्तै ढल, खानेपानीको पाइप, फाइबर बिछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागस पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड छ ।

‘खासकुरा शहरको बिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ,’ उनले भने, ‘जसले गर्दा जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतर्फ जोड दिइरहेको बताए । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

‘राम्रो काम होस् भन्ने जनताको चाहना छ, त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्‍यो भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,’ उनले भने।

त्यस्तै उनले सङ्घीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए । जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुने रहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे ।

उनले सडक विस्तारसँगै गतिशीलता बढ्ने र त्यसले आर्थीक गतिविधि वृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्