images
images
images

७२ को महाभूकम्पको सम्झनामा फोटो प्रदर्शनी गर्दै नेइए, उत्कृष्ट फोटोहरूलाई नगद पुरस्कार

images

पूर्वाधार वाच, ललितपुर ।

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)ले आउँदो बैशाख १२ गते २०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा भूकम्पसम्बन्धी फोटो प्रदर्शनी गर्ने भएको छ।

उक्त प्रदर्शनीमा सार्वजनिक तथा एशोसिएसनका सदस्यहरूले खिचेका भूकम्पसम्बन्धी तस्बिरहरू समावेश गरिनेछ। प्रदर्शनी ललितपुरको पुल्चोकस्थित इन्जिनियर भवनमा बिहान १२ बजे सुरु हुनेछ।

फोटो पठाउन चाहने आफ्ना सदस्यहरूलाई सहभागिताको लागि  एशोसिएसनले आह्वान गरेको छ। फोटो पठाउँदा ने.इ.ए.को सदस्यता नम्बर उल्लेख गर्नु पर्नेछ भने २०८१/८२ सम्मको सदस्यता नवीकरण भएको हुनुपर्नेछ। प्राप्त तस्बिरहरू मध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिने एशोसिएसनले जनाएको छ ।

फोटो पठाउने इन्जिनियरहरुबाट छनोटमा परेकाहरुलाई पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ रुपैयाँ रहेको छ । त्यसैगरी, उत्कृष्ट तस्बिरहरूलाई विशेष रुपमा प्रदर्शनीमा स्थान समेत दिइनेछ।

फोटो पठाउन चाहनेले [email protected] मा फोटोसहित आवश्यक विवरण पठाउन सक्ने बताइएको छ। एशोसिएसनले यस प्रदर्शनीमार्फत भूकम्पबाट सिकिएका पाठहरू स्मरण गर्दै, पुनर्निर्माणमा इन्जिनियरहरूको भूमिका र जनताको सहनशीलतालाई उजागर गर्ने लक्ष्य राखेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्