images
images
images

इन्जिनियर्स एशोसिएसनले यसरी सम्झियो ‘गोरखा भूकम्प’ (फोटो फिचर)

images

पूर्वाधार वाच, ललितपुर ।

गोरखा भूकम्पको १० वर्ष पुगेको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले प्रभातफेरी र फोटो प्रदर्शनी गरेको छ ।

शुक्रबार बिहान एशोसिएसनको केन्द्रीय कार्यालय पुल्चोकबाट थापाथली इन्जिनियरिङ क्याम्पस, लबिम मल हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको हो ।

भूकम्प नबसौं कार्यक्रममा बोल्दै एशोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले नेपाललाई विपद पर्दा सघाएकोमा इन्जिनियर समुदायलाई धन्यवाद दिँदै वि.सं. २०७२ को विनाशकारी भूकम्पको समयमा एशोसिएसनले चलाएको जनतासँग इन्जिनियर कार्यक्रमले महत्वपूर्ण प्रभाव पारेको स्मरण गर्नुभयो ।

एशोसिएसनको डिजास्टर रिस्क म्यानेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कोर्डिनेशन कमिटीको संंयोजकत्वमा विभिन्न पेशागत समूह तथा संघ सस्थाको संयुक्त आयोजनामा २०७२ सालको विनाशकारी भूकम्पको सम्झनामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त प्रभातफेरी तथा फोटो प्रदर्शनीमा बाक्लो संख्यामा इन्जिनियरहरुको सहभागिता रहेका थियो ।

तस्बिरहरु…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्