images
images
images

एनआरएनएको महाधिवेशनको तयारी तीव्र, संसारभरका ३ हजार बढी गैरआवासीय नेपाली सहभागी हुने

images

पूर्वाधार वाच, काठमाडौ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनको तयारी तीव्र बनेको छ । आगामी मे ३ देखि ५ (वैशाख २० देखि २२)सम्म काठमाडौमा हुने महाधिवेशनको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले महाधिवेशन पूर्वनिर्धारित समयमा नै सम्पन्न तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिको पत्रसँगै समितिले महाधिवेशन गर्न लागेको हो । एक विज्ञप्तिमार्फत् घलेले अहिले गैर आवासीय नेपाली संघ एक गम्भीर मोडमा आइपुगेको उल्लेख गर्दै एकताको महाधिवेशन सफल बनाउन अपिल गरेका छन् ।

‘डेलिगेट्स बन्न संसार भरिका ३,२०० साथीहरुले आवेदन दिइ सक्नु भएको छ । छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरु नेपाल आइसक्नु भएको छ वा आउने क्रममा हुनुहुन्छ । निर्वाचन कार्यतालिका पनि प्रकाशित भइसकेको छ । यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन ।’, विज्ञप्तिमा भनिएको छ ।

विगतमा कसले के ग–यो त्यो कुरा अहिले कोट्याउन नहुने भन्दै एनआरएनएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाल्नुपर्ने घलेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्