images
images
images

एनआरएनए एकता महाधिवेशनको प्रथम मतदाता नामावली प्रकाशित (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको लागि मतदाताहरुको प्रथम नामावली प्रकाशित भएको छ ।

सोमबार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले, एकताको महाधिवेशन, २०८२ अन्तगर्तको निर्वाचन प्रयोजनको लागि मतदाता नामावली प्रकाशित गरेको जनाएको छ ।

यता यही मे ३, ४, ५ (वैशाख २० देखि २२ सम्म)मा काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ९एनआरएनए०को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स (प्रतिनिधि)हरु नेपाल आउने क्रम जारी छ ।

प्रथम नामावली प्रकाशन पश्चात अन्तिम नामावली प्रकाशन हुनु अघि कुनै मतदाताले आफ्नो नाम छुट्न गएको भनि निर्वाचन समिति समक्ष निवेदन दिन सक्ने जनाइएको छ ।

निर्वाचन समितिलाई निजको व्यहोरा विश्वासयोग्य लागेमा आवश्यक जाँचबुझ गरी निजको नाम अन्तिम नामावली प्रकाशन गर्दा समावेश गर्न सकिने पनि उल्लेख गरेको छ ।

सूची…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्