पूर्वाधार वाच, काठमाडौं ।
प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो ।
तत्कालीन अर्थमन्त्री डा। प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो ।
अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्