images
images
images

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

images

पूर्वाधार वाच, काठमाडौं ।

वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराई जाने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो।

श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो । उनको ठाउँमा सहसचिव जीवलाल भुसाललाई विभाग पठाएको थियो । तर, एक महिना पुग्न लाग्दा समेत भुसाल जान नमानेपछि मन्त्रालयले भट्टराईलाई पठाउने निर्णय गरेको हो।

भुसालले मन्त्रालयभन्दा बाहिर नजाने अडान लिएका थिए। त्यसपछि सरूवा भएको एक महिना पुग्न लाग्दा समेत उनी जान मानेका थिएनन्। उनी जान नमानेपछि श्रम मन्त्रालयले श्रमजन्य विभागका महानिर्देशक भट्टराईलाई पठाएको हो।

श्रमजन्य विभागमा भने श्रम मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्