images
images
images

म्याद थपिएको समयमा समेत संसद भवन निर्माण सकिनेमा सांसदहरुको शंका

images

पूर्वाधर वाच, काठमाडौं ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् ।

आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग सभापति गैरेले उनले ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जवाफ दिएको भएतापनि अझै मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको बताए । तीन सिफ्टमा काम नगरेसम्म दुईसय दिन थपेर पनि काम पूरा हुने नदेखिएको उनको भनाई छ ।

उनले भने, ‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुईसय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’

त्यस्तै, उनले म्याद थपअघि दिनदिनै पूरा गर्ने कामको क्यालेण्डरको चार्टसहित तयार पार्न समितिमा आएर छलफल गर्नकालागि मन्त्रालयलाई निर्देशन समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्