पूर्वाधार वाच, काठमाडौं ।
सरकारले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गर्ने सरकारको निर्णय गरेको छ । यही वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले ३ दर्जनभन्दा बढी शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । स्मार्ट सिटीमा आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन पार्क, खुल्ला क्षेत्र, बगैंचा, खेलकुद मैदान, व्यवस्थति शौचालय लगायतका सुविधाहरुको परिकल्पना गरिएको हुन्छ ।
नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत भएसँगै स्मार्ट सिटीलाई विकास तथा व्यवस्थित गर्ने कार्यले थप तीव्रता पाउने अपेक्षा गरिएको छ ।
यस्तै सरकारले नेपाल इन्जिनियरिङ सेवातर्फका एकजना सहसचिवको राजिनामा स्वीकृत गर्ने र एकजना सहसचिवलाई पदस्थापन गर्ने समेत निर्णय गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्