पूर्वाधार वाच, काठमाडौं ।
सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत नहर निर्माण तथा विस्तारका लागि आवश्यक नहरको रेखाङ्कनमा पर्ने झण्डै २८९ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यही बैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागि उक्त जग्गा प्राप्तिको स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
रानी जमरा कुलरिया सिंचाई आयोजनाकैलाली जिल्लाको कर्णाली नदीबाट भइरहेको परम्परागत सिँचाई प्रणालीमा सुधार गरी सिँचाई सुविधा विस्तार गर्ने उद्देश्यले विश्व बैंकके सहयोगमा सञ्चालित आयोजना हो ।
वि.सं. २०६६ देखि निर्माणाधीन यो सिँचाई आयोजना अन्तर्गत चार दशमलव एक मेगावाट विद्युत पनि उत्पादन भइरहेको छ । आयोजनाको निर्माण पूरा भएपछि कैलाली जिल्लाको पूर्वी क्षेत्रको ३८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने देखिएको सिँचाई आयोजनाको कार्यालयले जनाएको छ ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने समेत सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्