पूर्वाधार वाच, जनकपुर ।
मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ । जानकी नवमीको अवसमा देशभरि नै सार्वजनिक विदा दिनुपर्ने मागसहित हिजो(शनिबार) जनकपुरधामका साधुसन्तहरुले सरकारलाई ध्यानकर्षण गराउन जुलुस निकालेका थिए ।
त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधबार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्