images
images
images

आवास निर्माणमा स्थानीय सामग्री प्रयोग गर्न आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभामा उनले सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर मौसमलाई पनि ध्यानमा राखेर आवास निर्माण गर्नुपर्ने भन्दै यसमा स्थानीय सामग्री प्रयोग गरे राम्रो हुने बताए ।
उनले भने, ‘हामीले आवासहरु निर्माण गर्दा परापूर्व कालदेखि प्रयोग हुँदै आएको सामग्रीहरु प्रयोग गरेर घरहरु बनाउँदा मौसमा अनुसार पनि राम्रो हुने हुँदा सजिलोका लागि, सिमेन्ट नै हुनुपर्छ भन्ने सोचलाई छाडेर ठाँउको मौसमलाई पनि ध्यानमा राख्नुपर्छ । स्थानीय सामग्री प्रयोग गर्न पायो भने राम्रो हुन्छ । र यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ ।’

यस्तै, उनले साधारण सभाबाट सुधार गर्नको लागि सुझावहरु पारित गरेर मन्त्रालयमा ल्याउन आग्रह गर्दै सुझाव अनुसार काम गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले अब यस कम्पनीबाट गर्नुपर्ने जिम्मेवारीहरु धेरै ठूलो छ । साधारण सभाबाट नीति, ऐनमा सुधार गर्नको लागि तपाइहरुले सुझाव यही सभाबाट पारित गरेर मन्त्रालयमा ल्याउनु त्यसमा गर्नुपर्ने काम अगाडि बढाउँछौ ।’ व्यवस्थित आवास निर्माण गर्दा बनाउनको लागि मात्र बनाएको जस्तो गर्न नहुने पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्