images
images
images

उत्तरढोकामा खुल्यो लेमिनार टायल्स एक्सपेरियन्स् सेन्टर, उपप्रधानमन्त्रीद्वारा उद्घाटन (तस्बिरहरु)

images

रिंकु दास, काठमाडौं ।

लेमिनार टाइल्सको एक्सपेरियन्स् सेन्टरको उद्घाटन भएको छ । सोमबार काठमाडौंको उत्तरढोकास्थित उक्त एक्सपेरियन्स् सेन्टरको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उल्घाटन गरेका हुन् ।

उक्त एक्सपेरियन्स् सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमा नै बनेको टायललाई पूर्वाधार विकास, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा प्रयोग गर्नुपर्ने प्रतिकृया दिए ।

उनले भने, ‘पूर्वाधार विकास गर्दा, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा लेमिनार टायल्सको प्रयोग गर्न सकिन्छ । यो लेमिनार टायल्स् नेपालमा नै बनेको हो । गुणस्तरयुक्त नेपालमा नै बनेको यो टायललाई अब निर्माण हुने नयाँ भवनहरुमा बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउनुपर्छ ।’

उक्त उद्घाटन कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको समेत उपस्थिति रहेको थियो । लेमिनार एक्सपीरियन्स सेन्टरमार्फत ग्राहकहरूले उच्च गुणस्तरका टायल्स र डिजाइनको अद्भुत संसारलाई प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन्। यसले शहरी सौन्दर्य र आन्तरिक सजावटप्रति रुचि राख्ने ग्राहकहरूलाई एक नयाँ अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ।

तस्बिरहरु…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्