पूर्वाधार वाच, काठमाडौं ।
नेपाल वैदेशिक रोजगार संघको अध्यक्ष भुवन सिंह गुरुङले मलेसियामा लगाइएको सिण्डिकेट कुनै पनि हालतमा स्वीकार नहुने बताए ।
बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् ।
‘मलेसियामा लगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ति सिण्डिकेट लगाउन खोजे जसरी आउछ त्यसरी नै फाल्न तयार हुनेछौ । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’ उनले भने ।

उनले आफुले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट टोड्न प्रक्रिया अपनाउने बताए । यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्ष रोहन गुरुङले मलेसियामा काम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्न निर्देश गरे ।
उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरुमा पनि बढ्दै जाने भन्दै व्यवसायीहरु पलायन हुने वातावरण सिर्जना हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्