images
images
images

केयूकेएलका कार्यकारी निर्देशक पौडेलको राजीनामा माग्दै आन्दोलन

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशक अशोककुमार पौडेलको राजीनामा माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन् ।

बिहिबार लिमिटेड परिसरमा उत्रिएर उनीहरुले विरोध जनाएका हुन् । यसअघि लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको कार्यक्षमतामाथि प्रश्न गर्दै वैशाख ३१ गतेभित्र पदत्याग गर्न यो अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । साथै पदत्याग नगरे आन्दोलनमा उत्रिनेसमेत जनाएका छन् ।

१३ महिनाको कार्यकाल अवधि निराशाजनक रहेकोभन्दै उनीहरुले खानेपानी मन्त्री समक्ष नयाँ कार्यकारी प्रमुख माग गरेका थिए ।

२०८१ सालको बाढीले खानेपानीका क्षतिग्रस्त संरचनाहरूको मर्मतसंभार तथा पुनर्स्थापना कार्य सम्पन्न गर्न असफल हुनुका भएको तर्क समेत गरेका थिए ।

साथै ३० करोड लिटर खानेपानी वितरण हुँदा बिलिङ र नगद सङ्कलन वृद्धिको लागि ठोस कार्य योजना प्रस्तुत गर्न पनि असफल भएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्