images
images
images

समितिबाट पारित भयाे संघीय निजामती विधेयक, ‘कुलिङ पिरियड’ २ वर्ष रहने

images

विष्णु रैगाईं, काठमाडौं । 

लामाे समयकाे प्रतिक्षापश्चात राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।

विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको समेत उनले बताए । उनले भने, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ । यसमा सहयोग पुर्‍याउने सरकार र माननीयज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए । सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्री लेखकले भने, ‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन् ।  ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं ।’

बैठकमा सांसदहरूले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्