images
images
images

बागमतीसहित ३ प्रदेशमा आज वर्षाको सम्भावना

images

पूर्वाधार वाच, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका कारण अहिले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी लगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा पनि भइरहेको छ ।

आज, दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थान चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सफादेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्