images
images
images

प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सहसचिव कोइरालालाई, भट्टराई मन्त्रालय तानिए

images

पूर्वाधार वाच, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सहसचिव बिष्णुप्रसाद कोइरालालाई दिइएको छ ।

करिव एक वर्षदेखि पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव कोइरालालाई गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका कोइराला करिव एक वर्ष अघि अर्थात २०८१ जेठ २० देखि पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।

प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भन्दा अघि करिव एक वर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सचिवको जिम्मेवारीमा थिए भने त्यस अघि बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा करिव एक वर्ष काम गरेका थिए ।

बिराटनगर भन्दा अघि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सहसचिव एवम प्रवक्ताको जिम्मेवारीमा करिव एक वर्ष र त्यस अघि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पनि करिव १ वर्ष काम गरिसकेको कोइरालासँग अनुभव छ ।

कोइरालालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएसँगै त्यहाँ कार्यरत सहसचिव तिर्थराज भट्टराई गृह मन्त्रालय तानिएका छन् । करिव ८ महिना अघि २०८१ असोज २३ देखि प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा गएका भट्टराईलाई मन्त्रालयमा तानेर गृह मन्त्रालयले कोइरालालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको हो ।

मन्त्रालय तानिएका भट्टराई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा हुनु अघि गृह मन्त्रालय अन्तरगत रहकै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशकको जिम्मेवारीमा थिए ।

भट्टराई कसुरजन्य विभागको महानिर्देशकको जिम्मेवारीमा गएको ४ महिनामै सरुवा भएका थिए । त्यस अघि भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएको ३ महिनामै सरुवा गरेर मन्त्रालय तानिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्