images
images
images

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्री खड्का

images

पूर्वाधार वाच, काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताउनुभएको छ । मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुग्नुभएका मन्त्री खड्काले वडा वडासम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताउनुभएको हो ।

“गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पु¥याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हो, त्यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ,”– मन्त्री खड्काले भन्नुभयो ।
विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताउनुभयो । उहाँले गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराउनुभयो ।

महानिर्देशक जोशीले कृषकका लागि साप्ताहिक रुपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आएको बताउनुभयो । उहाँले यो वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको समेत उल्लेख गर्नुभयो । उहाँले वर्षाद्बाट हुने क्षति न्यूनीकरणका लागि समयमै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीलगायतलाई जानकारी गराउँदै आएको बताउनुभयो ।
उहाँले विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गर्नुभयो । महानिर्देशक जोशीले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने समेत बताउनुभयो ।

अवलोकनका क्रममा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीलगायतको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्