images
images
images

आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी समाधान गरिनेछ । आगामी आवभित्र लगत ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्