पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निरपेक्ष गरिबी हटाउने घोषणा गरेका हुन् । उनले गरिबी हटाउनका लागि प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्