images
images
images

कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

बाढीका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ ।

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक नै बगाएपछि उक्त सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको हो ।

यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएपछि पैदलै हिँड्नेहरुलाई समेत कठिनाइ भएको छ ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर यातायात ठप्प भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्