पूर्वाधार वाच, काठमाडौं ।
अहिलेसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि एक हजार नेपाली कामदार पठाउने तयारी छ ।
त्यसका लागि अहिलेसम्म ५४३ जना इजरायर पुगेर काम थालेको वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीले जानकारी दिए ।
इजरायलले पछिल्लो समय एक हजार मुख्य र एक हजार वैकल्पिक उम्मेदवारलाई लैजाने जनाएको छ । सोही अनुसार ९१९ जना छनौटमा परेका थिए । उनीहरूलाई क्रमिक रूपमा पठाउने काम भइरहेको निर्देशक ज्ञवालीले बताए ।
अब ३७ जना जाने तयारीमा छन् भने ३२ जनाको सम्झौता भएको छ । अन्यको बिस्तारै सम्झौता र भिसाको प्रक्रिया अगाडि बढिरहेको ज्ञवालीले बताए ।
विभागले गत २०८० को असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि ४ हजार २४ जनाले अनलाइन मार्फत फाराम भरेका थिए ।
तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । बाँकी आवेदनहरूमा विभिन्न खालका कैफियत देखिएको भन्दै विभागले अस्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्