images
images
images

एकैपटक फेरिए २० जिल्लाका सिडिओ, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

गृह मन्त्रालयले एकैपटक २० जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा प्रक्रिया सम्पन्न गरिएको हो। सरुवा हुनेहरूमध्ये गृहका १५ जना सहसचिव र ५ जना उपसचिव रहेका छन्।

गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा कार्यरत रहेका प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गर्दै, तिनीहरूलाई नयाँ कार्यस्थलमा खटाएको हो ।

गोरखा जिल्लामा सहसचिव रामु राज कडरियालाई, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेल्धुरामा जनार्दन गौतम, इलाममा सहसचिव सुनिता नेपाल, सल्यानमा सहसचिव नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल र बैतडीमा पुण्यविक्रम पौडेललाई खटाइएको छ।

त्यस्तै, सिन्धुली जिल्लामा दिनेश सागर भुसाल र डोटी जिल्लामा बुद्धबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। सरुवा भएका अन्य अधिकारीहरूमा प्रेमप्रसाद भट्टराई, शाबित्रा पुन, केदारनाथ शर्मालगायत छन्।

उक्त सरुवा गृह प्रशासनको नियमित कार्य सञ्चालन, प्रभावकारी सेवा प्रवाह र सुरक्षा सुदृढीकरणका लागि गरिएको मन्त्रालयले जनाएको छ।

सूचीसहित….

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्