images
images
images

निलम्बनमा परेका पाण्डे उच्च अदालतमा

images

पूर्वाधार वाच, काठमाडौं ।

निलम्बित काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

पाण्डेलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्