पूर्वाधार वाच, काठमाडौं।
नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति पत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्ने गरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ गते अनुमति दिइएको थियो । भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरिएको हो ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार ती भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्