पूर्वाधार वाच, काठमाडौं ।
इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ । ईरान-ईजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो।
परराष्ट्र मन्त्रि आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
यसका लागि सम्बद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको छ ।
श्रम मन्त्री माननीय शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गरिएको उनले जानकारी दिईन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्