images
images
images

पोखरा महानगरको झण्डै ४५ प्रतिशत बजेट पूर्वाधार विकासमा विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं । 

पोखरा महानगरपालिकाले कूल बजेटको सबैभन्दा धेरै झण्डै ४५ प्रतिशत अर्थात्  ४४.६४ प्रतिशत पूर्वाधार विकासका लागि विनियोजन गरेको छ ।

आइतबार महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्ष का २०८२/०८३ का लागि नगर सभामा पेश गरेको कूल ८ अर्ब ३८ करोड १२ लाख रुपैयाँमध्ये २ अर्ब ३३ करोड रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरिएको जानकारी दिइन् ।

नगर कार्यपालिकाको कार्यालयमार्फत ९५ करोड अर्थात् १८.१९ प्रतिशत, सामाजिक विकासमा ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासमा १८ करोड अर्थात् ३.४५ प्रतिशत, वडामार्फत खर्च गर्न १ अर्ब अर्थात् १९.१६ प्रतिशत र शहरी विकास, पर्यटन, वन तथा वातावरणमार्फत ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
३ अर्ब १ करोड ८१ लाख अर्थात् कुल बजेटको ३६.१३ प्रतिशत रकम संघीय सरकारको अनुदानबाट प्राप्त हुने र ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६३.८७ प्रतिशत बजेट आन्तरिक आयबाट बेहोर्ने गरी बजेटको स्रोत व्यवस्थापन गर्ने महानगरको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्