पूर्वाधार वाच, काठमाडौं ।
विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित भएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए ।
उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे । मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् । प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्