images
images
images

त्रिभुवन विमानस्थलको महाप्रबन्धक फेरिए, प्राधिकरणका तीन उच्च अधिकारीको सरुवा

images

पूर्वाधार वाच, काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकले यस्तो हेरफेर गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा भएका छन् ।

उनको स्थानमा यसअघि प्राधिकरणका प्रवक्ता समेत रहेका हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । उता पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्