images
images
images

मधेश सरकारबाट ‘बाहिरिने’ तयारीमा जनमत पार्टी

images

पूर्वाधार वाच, काठमाडौं ।

हालै संघीय र प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा पुगेको छ।

जनमत पार्टीका शीर्ष नेताहरूका अनुसार, मधेशमा मात्रै होइन, देशभरको बजेट सत्तारूढ दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीका निर्वाचन क्षेत्रतर्फ लक्षित गरिएको छ। प्रदेशका बजेट अर्थ मन्त्री सुनिल यादव र एमाले को क्षेत्रमा यसरी बजेट विभाजनमा देखिएको स्पष्ट पक्षपातप्रति असन्तुष्टि जनाउँदै पार्टीले सत्ता साझेदारी पुनर्विचार गर्ने निर्णयमा पुगेको जनाइएको छ।

जनमत पार्टीका नेताहरूले प्रदेश सरकारमा सहभागी भएर मधेशको हक, अधिकार र विकास सुनिश्चित गर्ने उद्देश्य राखेको भए तापनि, केन्द्रीय सरकारले मधेशलाई उपेक्षा गरेको आरोप लगाएका छन्।

एक नेताका अनुसार, “हामी मधेशका जनताको प्रतिनिधित्व गर्न यहाँ छौं, तर जबसम्म नीति र बजेट वितरणमा समानता र न्याय देखिँदैन, हामी सत्ता टिकाइरहन सक्दैनौं।”

पार्टी स्रोतका अनुसार औपचारिक निर्णय अब सरकारको दिएको समर्थन फिर्ता लिन आएको छ। यथास्थितिमा परिवर्तन नआएमा जनमत पार्टीले गठबन्धन सरकारबाट बाहिरिने र सडकदेखि संसदसम्म संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीसमेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्